काठमाडौं– स्क्रिप्ट राइटिङ प्रतियोगिता हुन लागेको छ। ब्ल्याक आईज क्रियसनले स्क्रिप्ट राइटिङ प्रतियोगिताको आयोजना गर्ने भएको हो। फिल्मको कथा राम्रो आउन नसकेको कारण राम्रा फिल्म बन्न नसकिरहेको अवस्थामा यस्तो प्रतियोगिता हुन लागेको हो।
टिमले ‘स्क्रिप्ट लेख्नुहोस् विजेता बन्नुहोस्’ भन्ने नाराका साथ आफ्नो मेगा प्रोजेक्ट चलचित्रका लागि कथा खोजी गरेको हो। आयोजक संस्थाले उत्कृष्ट स्क्रिप्टलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको छ। आयोजकले प्रतियोगीले प्रेम कथालाई समेटेर स्क्रिप्ट लेख्न सक्ने बताएको छ।
पर्तिस्पर्धामा सहभागी हुन् इच्छुक व्यक्तीहरुले आफ्नो स्क्रिप्ट इमेलमार्फत [email protected] मा पठाउनुपर्ने आयोजकले जानकारी दिएको छ। आयोजकको अनुसार २०२१ अप्रिल २१ सम्म आफ्नो स्क्रिप्ट पठाउने समय रेहको छ।