पोखरा– मङ्सीर ६,७,८ गते पोखरामा सम्पन्न भएको ‘राष्ट्रिय लेक तथा दोहोरी गीत प्रतिष्ठान’ को अध्यक्ष रमेश वि.जी. विजय भएका छन्। उनले आफ्नो प्रतिस्प्रधी विष्णु खत्रीलाई झिनो मतले पराजित गरी विजय भएका हुन्।
रमेशले ५८४ भने प्रतिस्प्रधी विष्णुले ५४५ मत प्राप्त गरेका छन्। विष्णु यसअघिको निर्वाचनमा पनि बद्री पंगेनी सँग पराजित भएका थिए। नेकपा निकट दोहोरी कलाकारहरुले आफ्नो उम्मेद्धारको रुपमा प्रचार गरेपछि नकारात्मक असर परेको बताईएको छ। बाहिर हेर्दा स्पष्ट राजनितीक प्रभाव नदेखिने प्रतिष्ठानमा राजनीतिक चलखेल गर्न खोजेको विष्णुलाई पार्टीगत उम्मेद्धारका रुपमा उठाउनेहरुको आलोचना भएको छ।
गत स्थानीय तहको निर्वाचनमा विष्णु नेकपा माओवादीको तर्फबाट उम्मेद्धारका लागि सिफारिस भएका थिए। पोखरामा भएको सातौं महाधिवेशनवाट निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहको पनि मतपरिणान सार्वजानिक भएको छ। प्रतिष्ठानको १० पदाधिकारी निरविरोध निरविरोध भएपछि केही पदाधिकारी र केन्द्रीय सदस्यका लागि मात्रै मतदान भएको थियो।
मतदान भएको पदाधिकारी मध्ये कोषाध्यक्षमा राजु ढकाल,सहकोषाध्यक्षमा इश्वरीप्रसाद भुषाल, प्रशासनिक सचिवमा कृष्ण रेउले विजय भएका छन्। त्यसैगरी सात खुल्ला सचिवमा १३ जनाको उम्मेद्धारी परेकोमा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुस्कल शर्मा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। त्यसैगरी केन्द्रीय सदस्यहरुको पनि मत परिणाम सार्वजानिक भएको छ।
प्रतिष्ठानमा महिला, खुल्ला १२, हरेक प्रदेशबाट एक–एक र विदेशबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। निर्वाचनमा प्रतिस्प्रधा गरेको सबै उम्मेद्धारहरुको नामावली र उनीहरुले प्राप्त गरेको मत परिणाम सहितको सूची पनि यसैसाथ संलग्न छ। यसअघि निरविरोध निर्वाचित हुनेमा प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा,प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल विजय भएकी छिन्।
त्यसगरी महासचिवमा सुवास केसी नै दोहोरिएका छन्, भने उपमहासचिवमा शंकर वि.सी. र शिव हमाल, सांगठानिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्षमा पूर्णकला वि.सी. निरविरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको महाधिवेशनका लागि कुल १३४८ मतदाता रहेकोमा ११३७ मत मात्रै खसेको निर्वाचित समितिले जनाएको छ। चुनावको परिणाम आईसकेपछि केही नकारात्मक टिक्का टिप्णी हुन शुरु भएको छ।