काठमाडौं– नेपाल ल क्याम्पसले यस वर्षको स्नातक तहअन्तर्गत एलएलबी प्रथम वर्षमा तीन सयजना मात्र भर्ना लिने भएको छ।
विगतमा क्षमताभन्दा बढी विद्यार्थी भर्ना गर्नुपर्दा व्यवस्थापनमा समस्या आएकाले क्षमताअनुसार मात्र भर्ना लिने सुचना जारी गरिएको छ।
त्रिवि कानुन सङकायका डीन कार्यालयबाट पनि तीन सय जना मात्र भर्ना लिन निर्देशन भएको क्याम्पसले जनाएको छ।
क्याम्पसले सोमबार सार्वजनिक सूचना जारी गरेर एलएलबीमा भर्ना हुन चाहनेका लागि प्रवेश परीक्षा फाराम भर्न सूचना प्रकासित गरिएको छ।जसअनुसार मंसिर १० गतेदेखि २५ गतेसम्ममा प्रवेश परीक्षा फाराम भर्नुपर्ने सूचनामा जनाइएको छ।
