सिरहा– भारतीय बजारबाट अवैध लागुऔषध खरिद गरी नेपालतर्फ आइरहेका अवस्थामा प्रहरीले नवराजपुर गाउँपालिका ३ फुलबरिया गाउँबाट आइतबार राती एकजनालाई पक्राउ गरेको हो।
चेकजाँचको क्रममा पक्राउ पर्नेको साथबाट ४६ बोतल डाइलेक्स डिसी लागुऔषधसमेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा सखुवानन्कारकट्टि गाउँपालिका १ का रणधिर यादव रहेका छन्।
उनलाई चेकजाँचको क्रममा पक्राउ गरेको डिएसपी बोहराले बताए। उनीमाथि लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए।