एजेन्सी– फुटबल विश्वको चर्चित खेलमध्येको एक हो। विश्वका सर्वाधिक मानिसहरुले मनोरञ्जन लिने फुटबलसम्बन्धी ३० रोचक तथ्यहरु यसप्रकार छन्ः १. फुटबल सर्वप्रथम चीनमा वि.सं.४७६ मा पत्ता लागेको हो। २. फुटबल विश्वमै सबैभन्दा धेरै हेरिने र खेलिने खेल हो। ३. क्यानाडा तथा अमेरिकाका नागरिकले मात्र फुटबललाई सोकर भन्ने गर्छन्। ४. प्रत्येक एक खेल दौरान फुटबल खेलाडी औसतमा ९.६५ किलोमिटर कुद्छन्। ५. बास्केटबलको पहिलो खेल फुटबलको प्रयोग गरि खेलिएको थियो। ६. अर्थर वार्टोन व्यवसायिक फुटबल खेल्ने पहिलो काला जातिका खेलाडी मानिन्छन्। ७. विश्वको ८० प्रतिशत फुटबलहरु पाकिस्तानमा उत्पादन गरिन्छ। ८. अहिलेसम्म एउटै खेलमा धेरै संख्यामा गोल फ्रान्सका स्टेफन स्टानिसले गरेका छन्। (१६ गोल) ९. फुटबललाई सुन्दर खेल भन्ने पेले पहिलो व्यक्ति हुन्। १०.फुटबल मैदानको लम्बाई १०० यार्डको हुन्छ। ११. ‘फुटबल हल अफ फेम’ क्यान्टोन, ओहिओरमा अवस्थित छ। १२. पहिलो ‘सुपर बउल’ सन् १९६७ मा खेलिएको थियो। १३. अन्तर्राष्ट्रिय फुटबल खेल ९० मिनेटको हुन्छ। पहिलो हाफ ४५ मिनेटको हुनछ भने दोस्रो हाफ ४५ मिनेटको हुन्छ। १४. विश्वकै सबैभन्दा ठूलो फुटलबल मैदान उत्तर कोरियाको ‘रन्ग्राडो मे डे स्टेडियम’ हो। १५. २.८ सेकेण्डमै गोल गर्दै रिकार्डो ओलिभेराले गिनिज बुकमा नाम लेखाएका छन्। १६. एउटा खेलमा एउटा खेलाडीले गरेको सबैभन्दा धेरै गोलको संख्या १६ रहेको छ। १७. सन् २००२ को विश्वकपमा ओलिभर काहन गोल्डेन बल पाउने पहिलो अनि एकमात्र गोलरक्षक बनेका थिए। १८. सन् १९१३ सम्म गोलरक्षकले आफ्नो सहकर्मीको जस्तै जर्सी लगाउँथे। १९. पेरुमा सन् १९६४ मा रेफ्रिको कारण झडपहुँदा ३ सय भन्दा बढीले ज्यान गुमाएका थिए भने ५ सय जनाभन्दा बढी घाइते भएका थिए। २०. धेरैपटक विश्वकपको फाइनलमा पुग्नेमा युरोपका राष्ट्र रहेका छन्। २१. विश्वको पहिलो फुटबल क्लब इंग्लिस सेफिल्ड हो। यसको स्थापना सन् १८५७ मा भएको थियो। २२. सन् १९९८ मा खेल दौरान चट्याङका कारण सबै खेलाडीहरुको निधन भएको थियो। २३. निल आर्मस्ट्रङ फुटबललाई चन्द्रमामा लैजान चाहन्थे तर नासाले अस्विकार गरेको थियो। २४. सन् १९३७ मा पहिलो पटक फुटबल खेल टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। २५. विश्वकै सबै कम भन्दा उमेरमा व्यवसायिक फुटबल खेल्ने खेलाडी ब्राईस् ब्राईटेस हुन्। उनले २० महिनादेखि नै व्यवसायिक फुटबल खेल्न शुरु गरेका थिए। २६. मैदानका लागि पर्याप्त घाँस नपलाउने हुनाले ग्रिनल्याण्डले फिफामा सहभागि हुन पाउँदैन। २७. पहिलो फुटबल खेल सन् १८६९ मा एमसीगिल युनिभर्सिटी र यलले खेलेका थिए। २८. डिनो जोफ सबैभन्दा बढी उमेरमा विश्वकप जित्ने खेलाडी हुन्। उनी विश्वकप जित्दा ४० वर्षको थिए। २९. आश्मिर बेगोभिकले सबैभन्दा छिटो र लामो दुरीबाट गोल गर्ने गरेका थिए। ३०. सबैभन्दा ठूलो फुटबल प्रतियोगिता सन् १९९९ मा आयोजना भएको थियो। जसमा ५ हजार ९८ टिम र ३५ हजार खेलाडीले सहभागिता जनाएका थिए।