एजेन्सी– एप्पलको नयाँ आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स आगामी सेप्टेम्बर २०२० मा लन्च हुने भएको छ। आइफोन ११ सिरिज आएको तीन महिना पनि नबित्दै आगामी वर्ष आउने अर्को आइफोन सिरिजको बारेमा चर्चा शुरु भईसकेकोछ।
हालै आएको एक रिपोर्टअनुसार दुबै आइफोन १२ प्रो र १२ प्रो म्याक्समा रियर फेसिंग थ्रीडी सेन्सिंग क्यामराहरु हुने अपेक्षा गरिएको छ। यसका साथै यी दुबै मोडलहरुले फाइभ जी सपोर्ट गर्नेछन्। यदपी यो स्पष्ट छैन की ती आइफोनहरुले सब ६गीगाहर्ज फाइभ जीमा काम गर्दछ।
यी दुबै मोडलहरुमा एप्पलले ६ जीबीको र्याम राख्नेछ। हाल बजारमा उपलब्ध आइफोन ११ सिरिजका आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्समा केबल ४ जीबीको र्याम मात्र उपलब्ध रहेको छ। कम्पनीले प्रो भर्सनमा ६ जीबी र्याम राखेपनि सस्तो मूल्यमा आउने आइफोन १२ मा भने हालको आइफोन ११ को जस्तै ४ जीबी र्याम मात्र राख्नेछ।