एजेन्सी– भारतमा आगामी २०२० जनवरीदेखि भारतीय सरकारले नयाँ एनर्जी लेबलिंग नियम लागूगरेसँगै ती उपकरणहरुको मूल्यमा वृद्धि हुने भएको छ। एयरकण्डिसनर र रेफ्रिजेरेटर किन्ने ग्राहकहरुले थप रकम तिर्नुपर्ने भएको हो।
आगामी भारतमा जनवरीदेखि ५ स्टार रेटिंग भएका रेफ्रिजेरेटरहरु तथा एसीको मूल्यमा ६ हजार भारु अर्थात करिब १० हजार रुपैयाँको मुल्यवृद्धि हुने भएको छ। भारतको सो क्षेत्रको उद्योग संगठन सीईएएमएकाअनुसार नयाँ एनर्जी लेवलिंग नम्र्स जनवरीदेखि लागू हुने भएको छ। सो ५ स्टार मापदण्डमा पर्ने उत्पादकहरुले विशेष सामाग्री प्रयोग गर्नुपर्ने हुँदा लागतमा वृद्धि भएसँगै मूल्य पनि बढ्ने भएको हो।
फ्रोस्ट फ्री र डाइरेक्ट कुलिंगमा एक स्टारको परिवर्तन हुनेछ। यो परिवर्तनले गर्दा ५ स्टार रेफ्रिजरेटर बनाउन करिब ६ हजार भारुसम्मको खर्च बढ्ने बताईएको छ। ५ स्टार लागू भएपछि उत्पादकहरुले ५ स्टार रेफ्रिजेरेटर्स र एसीलाई कुलिंगको लागि यसअघि परम्परागतरुपमा प्रयोग हुने फोमको स्थानमा भ्याक्यूम प्यानल्सको प्रयोग गर्नुपर्नेछ।
भारतमा हुने मूल्यवृद्धिसँगै यसको असर नेपालमा पनि पर्न सक्ने देखिएको छ। नेपाली बजारमा अहिले पनि भारतमा उत्पादित रेफ्रिजेरेटर र एसीहरु बिक्री हुने गरेका छन्। त्यसैले यो नयाँ नियमअनुसार उत्पादन हुने रेफ्रिजेरेटर र एसीहरुको मूल्य बढेसँगै नेपाली बजारमा पनि आयात हुने ती सामाग्रीहरुको मूल्य वृद्धि हुनसक्नेछ जसले गर्दा नेपाली उपभोक्ताहरु समेत प्रभावित हुनेछन्।