एजेन्सी– टीभी को लोकप्रिय गेम शो कौन बनेगा करोड़पति (केबीसी)को ११ औं सीजन चार दिन पछि बन्द हुने भएको छ। १३ हप्ताको यो यात्रामा केबीसीले दर्शकलाई ज्ञान वृद्धी गराउनुको साथै मकनोरञ्जन पनि गराएको छ।
शो शुरु हुनुभन्दा अगाडी नै शोको पुरा प्लानको अफिसियल घोषण गरिएको थियो। केबीसीको उदघोषक अमिताभ बच्चनले यो ११ औं सीजनको शो १३ हप्ताको हुने र यसमा कुल ६५ एपिसोड हुने कुराको शुरुमा नै जानकाारी दिएका थिए। यो पटकको शोमा हप्ताको चार दिन प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा देखाए। तर शुक्रबार भने कर्मवीर एपिसोडको लागि थियो। यसमा रियल लाइफका हिराहरुले प्रश्नको उक्तर दिने गर्छन्।
प्रतेक शुक्रवार कर्मवीर स्पेशल एपिसोडमा देशका चर्चीत व्यतीहरुलाई आमन्त्रणा गरिन्छ। सेटमा बलीउड सेलिबे्रटी पनि सहभागी थिए। तापसी पन्नूदेखी लिएर इमरान हाशमीसम्म का कलाकारहरुले कर्मवीर स्पेशल एपिसोडमा भाग लिएका थिए। उनीहरुको साथमा डा. अच्युत सामंतलाई पनि देखिएको थियो। डा.अच्युत विश्वकै सबै भन्दा ठूलो आदिवासी संस्थाको संसथापक हुन्। उनले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्।
यो पटक केबीसीमा ७ करोडको पुरस्कार राखिएको छ। जसको लागि प्रतिस्पर्धीहरुले १६ वटा प्रश्नको सहि उक्तर दिनुपर्छ। हालसम्म शोमा ७ करोडको पुरस्कार पाउन एक जना प्रतिस्पर्धीपनि सफल भएका छैनन्। तर चार प्रतिस्पधीहरु भने १ करोड सम्मको यात्रामा सफल भइसकेका छन्। सफल हुनेहरुमा सनोज राज, गौतम कुमार झा, जेल सुपरीटेंडेंट अजीत कुमार, बबीता ताड़े शामिल रहेका छन्।
केबीसी ११ को अन्तिम शो शुक्रवार २९ नोभेम्बरमा हुनेछ। यो फिनाले एपिसोड हो र साथै यो दिन कर्मवीर स्पेशल एपिसोडको पनि अन्तिम दिन हो। यो पाली शोमा इंफोसिस को संस्थापक पद्मश्री सुधा मूर्ति हाट सीटमा बस्नेछन्। केबीसी ११को शुरुवात १९ अगस्टमा भएको थियो। यो राती ९ बजे साेनी च्यानलमा प्रसारीत हुन्छ। टीआरपी चार्टमा यो शोले सै स्थान पाउदै आएको छ।
शोको उत्घोषक अमिताभ बच्चन केहीँ दिन अगाडी स्वास्थ्यमा समस्या आएर अस्पतालमा भर्ना भएका थिए। उनको स्वास्थ्यको कारणले पनि शो छिटै सकाउन खोजिएको हो भन्ने कुराको फ्यान्सबिच निकै चर्चा भइरहेको छ।