काठमाडौं — प्राइम बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने भएको छ।
बैंकको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी नौ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७०० को १६ प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो।
बैंकको उक्त लाभांश प्रस्ताव आगामी साधारणसभा एवम् नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ।
शेयर लाभांश वितरणपछि बैंकको कूल चुक्ता पूँजी ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९ सय ७२ पुग्नेछ।