एजेन्सी– गूगल प्ले र एप्पलको एप स्टोरमा भएका सम्पूर्ण एप्समध्ये केबल १ प्रतिशतले मात्र कुल एप डाउनलोडको ८० प्रतिशत हिस्सा ओगटेको छ।
सेन्सर टावरको नयाँ रिपोर्टअनुसार सन् २०१९ को तेस्रो त्रैमासमा बाँकी ९९ प्रतिशत एप्सहरु २० प्रतिशत मात्र डाउनलोड भएका थिए। सो डाउनलोड भएको ८० प्रतिशतलाई हेर्दा गूगल प्ले र एप्पल एप स्टोरमा २९ अर्ब ६० लाख डाउनलोड रहेको छ भने दुबै स्टोरहरुमा सन् २०१८ मा ३ अर्ब ४० करोड एप्स रहेका छन्। एप्सको संख्या सन् २०१४ को तुलनामा ६५ प्रतिशतले बढेको छ।
तर केबल २६ प्रतिशत एप्स मात्र १ हजार डाउनलोड मात्र भएको देखिन्छ। समग्रमा हेर्दा दुबै एप स्टोरहरुमा करिब ७ लाख ९२ हजार र केबल ७ हजार ९२० ले मात्र यूनिक २३ अर्ब ६० लाख डाउनलोड र इन्स्टल सिर्जना गरेका थिए।
फेसबुक एक्लैको एप मात्र २०१९ तेस्रो त्रैमासमा ६८ करोड २० लाख नयाँ इन्स्टल भएको छ जसमा १ प्रतिशतका कमी देखिएको छ। यसबाहेक मोबाइल गेम एप्स तर्फ पनि उच्च १ प्रतिशत एप्सले मात्रै ९ अर्ब १० करोड डाउनलोड प्राप्त गरेका थिए भने कुल गेम डाउनलोडको ८२ प्रतिशत उनीहरुले लिएका थिए। बाँकी २ अर्ब डाउनलोड अन्य गेमिंग एप्सको हिस्सामा परेको छ।
आम्दानीको आधारमा हेर्दा यो भिन्नता अझ धेरै देखिन्छ। तेस्रो त्रैमासमा २२ अर्ब डलर कुल आम्दानी भएको मध्ये केबल प्रमुख १ प्रतिशत एप्सले नै २० अर्ब ५० करोड डलर कमाएका छन्। केबल ७ प्रतिशत कुल आम्दानी मात्रै बाँकी १ लाख ५१ हजार ५६ वटा एप्स कम्पनीमा गएको छ। जुन कुल एप्सको ९९ प्रतिशत हो।
तस्विर: Sensor Tower