एजेन्सी–आइतबार आयोजना भएको ‘अमेरिकन म्यूजिक अवार्ड’ मा हलिउडमा सुन्दरीहरुले रेड कार्पेट तताएका छन्। नायिका तथा गायिका सेलेना गोमेजदेखि टेलर स्विफ्टसम्मले रेड कार्पेटमा आफ्नो हट उपस्थित जनाएका छन्। अधिकांशको आँखा भने २७ बर्षकी सुन्दरी सेलेना गोमेजमाथि परेको थियो। जसले धेरैको ध्यान तान्न सफल भएको थियो।
यस्तै, अर्की विश्व प्रसिद्ध गायिका टेलरले भने डाइमन्ड जडित पहिरन लगाएकीथिइन्। यो अवार्ड समारोहमा टेलरले ‘दशककै उत्कृष्ट कलाकार’ को अवार्ड प्राप्त गरिन्। उनले छैटो पटक यो अवार्ड आफ्नो नाममा पारेकी थिइन्। जसले उनको आगामी करिअरलाई अझैं उत्साहित बनाएको छ।