काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मंसिर १५ गतेबाट नेपालमा सञ्चालन हुँदैछ। उद्घाटन समारोह नै यही रंगशालामा हुने भएकोले निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
यसैबीच दशरथ रंगशालामा फुटबल हेर्न टिकटको मूल्य निर्धारण भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशालामा हुने पुरुष फुटबलका खेल हेर्न साधारण प्याराफिटको ५ सय र भीआईपी प्याराफिटको १ हजार रुपैयाँ टिकट दर तोकिएको छ।
भूकम्पपश्चात भत्किएकाे रंगशाला निर्माणधीन छ। करिब करिब निर्माण कार्य अन्तिम चरणमा पुगेकाे बताइएकाे छ। भूकम्पपछि याे रंगशालामा पहिलाेपटक खेल हुन लागेकाे हाे।