काठमाडौं – नापी कार्यलय, साँखु बाट अमिन सुशिल बुढाथोकीले सेवागा्रही ज्ञानबहादुर कार्कीसँग घुस लिदै गर्दा पक्राउ परेका छन्।
४ हजार घुस लिँदालिँदै अमिन बुढाथोकीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
शंखरापुर नगरपालिका–७ साँखुस्थित नापी कार्यालयका अमिन बुढाथोकीले सेवाग्राही कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिए वापत घुस लिएका थिए।
दुबैलाई कार्यालय अगाडी रहेको किराना पसलको छेउमा रहेको गल्लीबाट नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान कार्य जारीरहेको जनाएको छ।