एजेन्सी– सुजुकी टु ह्वीलर्सले नयाँ स्कुटर बर्गम्यान स्ट्रिट १५० सार्वजनिक गर्ने भएको छ। यो स्कुटरमा सिंगल च्यानल एबीएसको फिचर दिइएको छ।
कम्पनिका अनुसार यसको एप्रोनमा एलइडी हेडल्याम्प, विन्डस्क्रिन, फुटरेष्ट, म्याक्सी स्टाइलको फ्लोर बोर्ड, टल ह्यान्डलबार र क्लोच स्टोरेजको विशेषता दिइएको छ भने फ्रन्ट साइडमा टेलिस्कोपिक फर्क र रियरमा डबल शक याब्जर्वर लगाइएको छ। यसमा उपलब्ध एयर कुल्ड इन्जिनले ९.५ बीएच पावरका साथै १०.५ एनएम टर्क उत्पादन गर्छ। यसको फ्रन्ट र रियरमा डिस्क ब्रेक लगाइएको छ।
पावरफुल इन्जिनमा आउने यो स्कुटरले एसआर १५० तथा भेष्पाको १५० सीसीका स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ। सँगै यामाहा एनम्याक्स १५० र युएमको चिलसँग पनि यसको प्रतिस्पर्धा हुनेछ।
केही समय अगाडिमात्रै नेपाली बजारमा सार्वजनिक भएको सुजुकीको वर्गम्यान स्ट्रिट १२५ हाल दुई लाख १९ हजार ९ सय रुपैयाँमा बिक्री भैरहेको छ।
PIC: gaadiwaadi.com