बैतडी — भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज साँझदेखि खुल्ने भएको छ। भारतमा आज जारी विधानसभाको उपनिर्वाचनको सुरक्षा संवेदनशीलता कारण जनाउँदै चार दिनदेखि नाका बन्द रहेको छ।
विधानसभाको उपनिर्वाचन सम्पन्न भएपश्चात साँझ ५ बजेदेखि नाका पुनः सञ्चालनमा आउने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।
सुरक्षा संवेदनशीलता कारण जनाउँदै भारतले मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सिमानाका बन्द राख्न अनुरोध गरेको थियो।
यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ गतेदेखि असोज १८ गते ३ दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो।रासस