तस्वीरः अनलाइन खबरबाट
एजेन्सी–बलिउड नायिका कंगना रनावत अब चलचित्र निर्माणमा हात हाल्दै छिन्। उनले, केही समय अगाडि नै आफू निर्माता बन्न लागेको उल्लेख गरेकी थिइन्। उनै, कंगनाले लामो समयदेखि चर्चामा रहेको राम मन्दिर विवादको बिषयमा चलचित्र बनाउने भएकी छिन्।
उनले ‘अपराजित अयोध्या’ नाममा चलचित्र निर्माण गर्दै्छिन्, जसको लागि उनले भारतको टप स्टूडियोसँग कुराकानी पनि अगाडि बढाइसकेकी छिन्। कंगनाले भारतीय मिडियासँग भनेकी छिन्,‘राम सन्दिर सयौ बर्षदेखिको ज्वलन्त बिषय हो।
८० को दशकमा जन्मिएकाले पनि मैले यो बिषयको बारेमा सुन्दै आएको छु। किनकी, जुन भूमीमा यस्ता राजाको जन्म भयो, जो बलिदानको प्रतिक थिए। उनको बिषय नै विवादित बन्न पुग्यो।’ यो चलचित्रलाई ‘बाहुवली’का लेखक के.वी. विजयेन्द्र प्रसादले लेख्नेछन्। कंगना राम भक्तहरुको अटुट विश्वासका लागि यो चलचित्र एक प्रकारले श्रद्धाञ्जली पनि हुने दाबी गर्छिन्।