एजेन्सी– बलिउडमा पछिल्लो समय पुराना बलिउड सिनेमाका सुपरहिट गीतहरूको रिमिक्स गर्ने प्रचलन बढ्दै एकदमै बढ्दै गएको छ।
हालै सन् १९९८ मा रिलिज भएको गोविन्दा तथा रविना टण्डन स्टारर ‘दुल्हे राजा’ सिनेमामा समाविष्ट ‘अंखियो से गोली मारे’ गीतको रिमिक्स रिलिज भएको छ। यस गीतलाई कार्तिक आर्यन, अनन्या पांडे, भूमि पेडनेकर स्टारर ‘पति पत्नी और वो’ सिनेमाले रिमिक्स गरेर राखेको छ।
गीतको रिमिक्सलाई दर्शकहरूले राम्रैगरी मनपराइरहेको भएपनि अभिनेता गोविन्दालाई भने रिमिक्स मनपरेको छैन। एक बलिउड वेवसाइटका अनुसार गोविन्दाले गीतका बारेमा स्पष्टरूपमा नबोलेपनि उनलाई गीत मन परेको छैन। गीत मन नपरेपनि गीतका बारेमा बोलेर पब्लिसिटी नदिने मुडमा गोविन्दा नरहेको बताइन्छ।
https://www.youtube.com/watch?v=3GLoGHbhKHg