काठमाडौं_ रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र रुसी विदेशमन्त्री सर्जेइ लाभरोभबीच भेटवार्ता भएको छ।
मन्त्री ज्ञवाली र समकक्षी लाभरोभबीच सोमबार रुसको राजधानी मस्कोमा भेटवार्ता भएको परराष्ट्र मन्त्री ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।
उनले द्वीपक्षीय बैठक फलदायी भएकोसमेत बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, “भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र विभिन्न क्षेत्रमा आपसी सहयोगलाई थप विस्तार र सुदृढ गर्नेबारे महत्वपूर्ण धारणाहरु आदानप्रदान भयो। धेरै लामो अन्तरालपछि द्विपक्षीय भेट भएको छ।“
उनले संयुक्त रुपमा प्रेसलाई सम्बोधन गरेकोसमेत जनाएका छन्। रुसी महासंघ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति शनिबार अपराहृन रुसको राजधानी मस्को प्रस्थान गरेका थिए। उनका साथ परराष्ट्रसचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु सहभागी छन्।