एजेन्सी– युईएफ च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति रियाल म्याड्रिड र पेरिस सेन्ट जर्मन(पीएसजी)बीच भिडन्त हुँदैछ। खेल नेपाली समयअनुसार राति १ः४५ बजे रियाल म्याड्रिडको घरेलु मैदानमा शुरु हुनेछ।
च्याम्पियन्स लिगमा आज हुने खेलमध्येको यो सबैभन्दा चासो गरिएको खेल हो। समुह ‘ए’ मा पीएसजी चारै खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ भने रियाल चार खेलमध्ये २ मा जित एकमा हार र एक खेलमा बरारी गर्दै दोस्रो स्थानमा रहेको छ।
मंगलबार रातिको खेलका लागि दुबै टोलीले पहिलो रोजाइका खेलाडी मैदान उतार्ने बताइएको छ।