काठमाडौं — आगामी मागदेखी प्रभु बैंकको पुरानो भिसा कार्ड नचल्ने भएको छ। बैंकले सूचना निकालेर माघ १ गतेदेखि भिसा कार्ड नचल्ने बताएको हो।
मंगलबार जारी सूचनामा बैंकले अत्याधुनिक प्रविधियुक्त एसटिसी युपिआइ कार्ड प्रयोगमा ल्याउनको लागि पुरानो कार्ड बन्द गर्न लागेको बताएको छ।
अधिकतम सुविधा र सुरक्षित कारोबारको लागि बैंकले नयाँ कार्डको प्रविधि भित्राउन लागेको हो। बैंकले माघ १ गते भित्र भिसा कार्ड हुने ग्राहकको लागि नजिकको बैंकमा जानकारी गराएर नयाँ कार्ड लिन आह्वान गरेका छन्।