एजेन्सी–बलिउड सिनेमा अहिले विश्वमै लोकप्रिय छ। बलिउडका धेरै कलाकारहरुले हलिउडमा गएर पनि आफ्नो पहिचान बनाउन सफल भएका छन्। बलिउडको उद्योगमा केही यस्ता अभिनेत्रीको लस्कर छ जो एउटै फिल्मबाट रातारात हिट भए अनि पुनः गुमनाम भए। पहिलो फिल्म नै यति चर्चित भइदियो कि आज पनि ती फिल्म सबैको मनमुटुमा बसेको छ। र ती अभिनेत्री पनि। तर उनीहरुले एउटै फिल्म खेलेपछि आफूलाई एकाएक गायब गराए।
बलिउड जस्तो विश्वमै सफल फिल्म उद्योगबाट किन मुख मोडे त ती अभिनेत्रीले? कारण यस्तो छः
मन्दाकिनी
मन्दाकिनी फिल्म ‘राम तेरी गंगा मैली’ बाट मन्दाकिनी रातारात हिट बनिन्। पहिलो फिल्मबाट नै चर्चा कमाएकी मन्दाकिनीको भेट अन्डरवल्र्ड डन दाउदसँग नाम जोडियो। त्यसपछि उनी फिल्म क्षेत्रबाट नै हराइन्। उनले सन् १९९० मा विवाह गरिन्।
अनु अग्रवाल
‘आशिकी’ बलिउडकै एउटा हिट फिल्म हो। फिल्मले अनु अग्रवाललाई उचाईमा पुर्यायो। उनको अभिनयको तारिफ निकै भयो। पहिलो फिल्मबाट सफलताको शिखरमा पुगेकी अनुले फेरि उकालो लाग्ने सपना देखिनन् उनले सन् १९९६ मा सांसरिक सुखलाई छोडेर योग र अध्यात्म तिर लागिन्।
महिमा चौधरी
बलिउडका अभिनेत्रीहरुमध्ये फरक अनुहार हो महिमा चौधरी । उनको पहिलो फिल्म ‘परदेश’ पछि फेरि बलिउडमा छाउन सकिनन्।
ममता कुलकर्णी
गलत बानीले बलिउडबाट टाढिएकी अभिनेत्री ममता कुलकर्णीले ‘वक्त हमारा है’ र ‘करण अर्जुन’ जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन्। उनको अभिनयको धेरैले प्रशंसा गर्छन्। तर उनले आफूलाई बलिउडमा अब्बल बनाइराख्न सकिनन्। सन् २००२ मा आएको फिल्म ‘कभी तुम कभी हम’ पछि बलिउडलाई विदाईको हात हल्लाईन्।
अश्विनी भावे
फिल्म ‘हिना’ बाट चर्चा कमाएकी अश्विनी भावेले खेलेका दोस्रो, तेस्रो फिल्मले बलिउडमा चर्चा पाएन त्यसपछि उनी अमेरिका भासिइन्।
सोनम
‘ओए ओए’ नामले परिचित सोनमले ‘विजय’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। उनले फिल्म निर्माता राजीव रायसँग विवाह गरिन्। तर उनीहरु धम्कीको सिकार हुन पुगे र दम्पतीले नै बलिउड छोडे।
भूमिका चावला
सर्वा्धिक चर्चित फिल्म ‘तेरे नाम’ बाट डेब्यु गरेकी भूमिका चावलाको अभिनय निकै उत्कृष्ट थियो। तर योग गुरु भरत ठाकुरसँग विवाह गरेपछि उनी फिल्म क्षेत्रबाट टाढिइन्।
ग्रेसी सिंह
सुन्दर अभिनेत्री ग्रेसी सिंहले ‘लगान’ बा लोकप्रियता हासिल गरेकी थिइन्। तर उनले अर्को फिल्म खेल्ने चाहाना गरिनन्।