काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्देशन दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यापक रूपमा कर्मचारीको सरुवा गरेको छ।
कार्यसम्पादन सन्तोषजनक नभएका कर्मचारीलाई जिम्मेवारीबाट हटाउने भन्दै प्राधिकरणका महानिर्देशक राजन पोखरेलले एकैदिन ३८ जनाको सरुवा गरेका हुन्। कार्यसम्पादन सन्तोषजनक नभएका र कतिपयको आवश्यकताअनुसार सरुवा गरिएको प्राधिकरण सम्बद्ध स्रोतले जानकारी दिएको छ।
योसहित पोखरेल महानिर्देशक भएर आएदेखि ६५ जनाको सरुवा गरेका छन्। आइतबार भएको सरुवाअनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ।
त्यस्तै विमानस्थल अपरेशन विभाग प्रमुख प्रताप तिवारीलाई गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल प्रमुख बनाइएको छ। उनले विमानस्थल सञ्चालनका लागि काम गर्ने छन्। उनको ठाउँमा देवेन्द्रलाल कर्णलाई सरुवा गरिएको प्राधिकरण स्रोतले जानकारी दियो।
त्यस्तै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल क्षमता अभिबृद्धि बयोजना प्रमुखबाट बाबुराम पौडेललाई हटाइएको छ। उनको ठाउँमा मुरारी शर्मा गएका छन्। प्राधिकरणका अधिकांश महाशाखा प्रमुखको सरुवा उनले यसअघि नै गिसकेका थिए। उनले यसअघि विवादित छबीका उपमहानिर्देशक देवानन्द उपाध्यायलाई तालिम केन्द्रमा पठाएका थिए। त्यस्तै राजकुमार क्षेत्रीलाई प्राधिकरण तानेर देवेन्द्र केसीलाई विमानस्थल पठाएका थिए।