एजेन्सी– बलिउड नायक सलमान खानको नाम एक सुपरस्टारको रुपमा सुचिकृत भइसकेको छ। उनी आज सफलताको पर्याय बनिसकेका छन् भन्दा गलत हुँदैन। यहाँसम्म पुग्नका लागि उनले अत्यधिक मेहनत गर्नुपर्यो। तर सलमानले जुन स्टारडम पाए त्यसमा एक व्यक्तिको ठूलो हात छ भन्ने कुरा के तपाईंलाई थाहा छ?
उनी हुन् बलिउका चर्चित नायक युसुफ खानका छोरा फराज खान जो आज एकाएक गुमनाम जीवन बाँचिरहेका छन्। जसको बारेमा बुझ्न धेरै जनालाई जिज्ञासा भएको छ। तपाईंले सोचिरहनु भएको होला कि फराज खानले कसरी सलमान खानलाई स्टारडम दिलाउन सहयोग गरे होलान्? वास्तवमा सलमानको डेब्यू फिल्म फ्लप भएको थियो त्यसपछि उनी फिल्मको खोजीमा थिए।
त्यतिबेला सुरज बडजात्या ‘मेने प्यार किया’ बनाउने तयारीमा थिए। यो फिल्मका लागि फराज खानलाई मुख्य भूमिकामा साइन गरिएको थियो। फराज खान सुटिङ सुरु गर्नेबेला अचानक बिरामी भए। बडजात्या आफ्नो फिल्म रोक्न सक्दैनथे त्यसकारण उनले फिमेल लिडका लागि शबिना दत्तको अडिशन गरेका थिए। तर उनी फेल भइन्। पछि उनले शबिनालाई लिड एक्टरका लागि कुनै हिरोको नाम सुझाउन सक्छिन् भनेर सोधे।
शबिनाले एक विज्ञापनमा सलमानसँग काम गरिसकेकी थिइन् त्यसकारण उनले बडजात्यालाई सलमानको नाम सुझाइन्। बडजात्या राजी भए। तर सलमान यो फिल्ममा अभिनय गर्न चाहँदैनथे। उनलाई यो फिल्म निकै नरम लागिरहेको थियो। सुरज बडजात्याले धेरै नै सम्झाएपछि उनी अन्ततः फिल्ममा अभिनय गर्न राजी भएका थिए। यसरी सलमान मेने प्यार कियाको हिरो बने। फिल्म ब्लकबस्टर रह्यो र सलमान रातारात स्टार बने। त्यसपछि उनलाई थुप्रै फिल्मको अफर आउन थाल्यो र बडजात्याले पनि उनीसँग थुप्रै फिल्म बनाए।
यस्तै फराज खानले पछि ‘मेहेन्दी, फरेब, दिल ने फिय याद किया, दुल्हन बनूँ मे तेरी’ जस्ता फिल्ममा काम गरे। मेहेन्दीमा उनले रानी मुखर्जीसँग काम गरे र फिल्म निकै रुचाइयो पनि। तर फराजको करियर चल्न सकेन र उनी गुमनाम भए।