काठमाडाैं– चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीको दुईवटा नयाँ स्मार्टफोनहरु रियलमी सी २ र रियलमी ५ नेपाली बजारमा लन्च भएको छ। नेपालका लागि रियलमीको अधिकृत वितरक पशुपति ट्रेडलिङ्क प्रालिले रियलमीका नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको हो।
रियलमी सी २
रियलमी सी १ लाई अपग्रेड गरि रियलमी सी २ बनाएको हो। जसमा ६.१ डट नोच प्लस रिजोल्यूशनको डिस्प्ले छ भने कोर्निङ गोरिला ग्लास ३ प्लसद्धारा सुरक्षित छ।
रियलमी सी २ मा १३ मेगापिक्सेल मुख्य क्यामरा, अपर्चर र २ मेगापिक्सेल डेप्थ सेन्सर गरि ड्यूल क्यामरा सेटअप गरिएको छ। मिडिया टेक हेलियो पी २२ अक्टा–कोर प्रोसेसर भएको रियलमी सी २ मा ओएस एन्ड्रोयड ९.० पाई र ओएस कलर्स ६.० छ।
यसको फ्रन्टमा अपर्चरको साथमा ५ मेगापिक्सेल क्यामरा छ। यसमा ४,००० एमएएच ब्याट्री रहेको छ। यो स्मार्टफोनमा फेस अनलकको विशेषता पनि छ र २ जीबी प्लस ३२ जीबी भेरियन्टमा रु १३,९९० मा ब्ल्याक र ब्लु कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
रियलमी ५
रियलमी ५ एक इन्ट्री लेबलको क्वाड क्यामरा स्मार्टफोन हो जसमा ६.५ इन्च एचडी प्लस डिस्प्लेको साथमा गोरिल्ला ग्लास ३ प्लस प्रोटेक्सन छ। रियलमी ५ मा ५, ००० एमएएच ब्याट्री रहेको छ।
यो स्मार्टफोनमा ४ क्यामरा सेटअप गरिएको छ, जसमा १२ एमपीको मुख्य क्यामरा, ८ एमपी अल्ट्रा वाइड क्यामरा, २ एमपी म्याक्रो, २ एमपी डेप्थ सेन्सर तथा १३ एमपी सेल्फी क्यामरा रहेको छ।
एन्ड्रोयड ९ पाईमा आधारित कलर ओएस भएको यो फोनमा शक्तिशाली क्वालकम स्न्यापड्रागन ६६५ अक्टा कोर प्रोसेसर छ।
रियलमी ५ स्मार्टफोन ३ जीबी प्लस ६४ जीबी र ४ जीबी प्लस १२८ जीबी भेरियन्ट ब्ल्याक र ब्लु कलरमा क्रमश रु २०,९९० र रु २३,९९० मा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।