एजेन्सी– फाइभ जी नेटवर्क र स्याटेलाइटबिच पहिलो पटक डाटा ट्रान्सफर गर्न दक्षिण कोरियाली टेल्को केटि(KT) सफल भएको छ। दक्षिण कोरियामा व्यवसाीयकरुपमा फाइभ जी गएको अप्रिलदेखि शुरु भएको हो।
मोबाइल क्यारियर कम्पनीले आफ्नो नेटवर्कबाट सम्बन्धन भएको केटि स्याटद्धारा संचालित अन्तरिक्षमा ३६ हजार किलोमिटर माथि रहेको मुगुंगवा ६ स्याटेलाइटमा डाटा ट्रान्सफर गरेको छ। यो सफलतापछि टेल्को केटिले मिडिया फाइलहरु एकैपटक विभिन्न डिभाइसहरुमा ट्रान्सफर गर्न स्याटेलाइटलाई ब्याकहलको रुपमा प्रयोग गर्न सकिने बताएको छ।
केटि स्याटले कुल ५ वटा स्याटेलाइट संचालन गर्दछ, जसमार्फत कम्पनीले विश्वभर प्रविधिहरु बिस्तार गर्न सक्दछ। यसका साथै फाइभ जी नेटवर्कलाई स्याटेलाइटका साथमा निरन्तर र अटुट फाइभ जी सेवाहरु उपलब्ध गराउन सक्नेछ।
कम्पनीकाअनुसार विकासोन्मुख मुलुकहरुका कमजोर पूर्वाधार भएका स्थानहरुमा वायरलेस कभरेजको लागि सो प्रविधि सहयोगी हुने कम्पनीले बताएको छ। कम्पनीले आफ्नो परीक्षण रिजल्ट थ्रीजीपीपीमा २०२० मा पेश गर्नेछ र स्याटेलाइट र फाइभ जी टेक्नोलोजीबिचको विश्वस्तरिय मापदण्ड बनाउन सहयोगी हुनेछ।