काठमाडौं– भलिबलमा ऐतिहासिक उपाधि दिलाउने नेपाली महिला भलिबल टोलीलाई नेपाल सरकारले सम्मान गरेको छ। नेपालले बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो।
उक्त प्रतियोगितामा सहभागि खेलाडी तथा प्रशिक्षकलाई मंगलबार प्रज्ञा प्रतिष्ठानमा सम्पन्न एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले जनही ३ लाख रूपायाँसहित सम्मान गरेका हुन्। सम्मानित हुनेमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापकसहित १६ जना रहेका छन्।
सम्मान पाउनेमा खेलाडीहरु अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, रेश्मा भण्डारी, उषा विष्ट, सलिना श्रेष्ठ, सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, साफिया पुन, जानकी भण्डारी, मुख्य प्रशिक्षक जगदीश भट्ट, प्रशिक्षक सलिना श्रेष्ठ र भरत यादवसहित व्यवस्थापक रिता कोइराला रहेका छन्।