एजेन्सी– एन्ड्रोयड स्मार्टफोनमा फेसबुक कम्पनीले डार्क मोड उपलब्ध गराउन शुरु गरेको छ। यसअघि केहि सिमित यूजर्सलाई मात्र उपलब्ध भएको डार्क मोडको सुविधा दिएको थियो।
हालै आएको एक रिपोर्टअनुसार फेसबुकले अब अन्य एन्ड्रोयड यूजर्सलाई पनि डार्क मोड सुविधा दिने भएकोे छ। रेडिट, ट्विटरलगायतका सामाजिक संजालमा आएका जानकारीअनुसार पनि यूजर्सले डार्क मोड प्रयोग गर्न थालेका छन्। विशेषगरि भारत, मलेशिया र इटालीका यूजर्सलाई सो सुविधा दिईएको छ।
फेसबुकको डार्क मोड सबैका लागि भने केहि पछि मात्र आउने बताईएको छ। कम्पनीले यसअघि नै मेसेन्जर र फेसबुक वेबसाइटमा डार्क मोड सुविधा दिईसकेको छ तर एन्ड्रोयडमा भने परीक्षण गरिरहेका छन्।