एजेन्सी– ह्वावेले १०.८ इञ्चको आईप्याड प्रो जस्तै म्येटप्याड प्रो सार्वजनिक गरेको छ। ४.९ एमएम बेजल्स युक्त मेटप्याड प्रोमा ८ मेगापिक्सेलको पञ्चहोल फ्रन्ट क्यामेरा समावेश छ।
१२६०८ बाई १६०० रेजोलुसनको डिस्प्ले रहेको यसले डीसीआई–पीथ्री कलर ग्यामुट समेत सपोर्ट गर्ने बताइएको छ। जसका कारण मेटप्याड प्रो स्पष्ट र चम्किलो पनि छ। १३ मेगापिक्सेलको मेन क्यामेरा रहेको मेटप्याडमा ४० वाट तारयुक्त फास्ट चार्जिङ सहितको ७,२५० एमएएच ब्याट्री र क्वाड हर्मन कार्डोन स्पिकर प्रयोग गरिएको छ।
यद्यपी मेटप्याड प्रो धेरैहदसम्म एप्पलको ११ इञ्च आईप्याड प्रोसँग मिल्दो जुल्दो रहेको विषय केही समय अघि भएको लिकबाट बाहिर आइसकेको थियो। साथै यस अघि उल्लेख गरिए झैँ खासगरी यसको किप्याड मेटप्याड प्रोसँग एकदमै मिल्दोजुल्दो देखिन्छ।
यसको तौल पनि ११ इञ्चको आइप्याड प्रोकै समान (४६० ग्राम) छ। तर यो ५.९ एमएमको तुलनामा ७.२ एमएम बाक्लो छ। एन्ड्रोइड टेनमा आधारित ईएमयूआई १० युक्त ह्वावे मेटप्याडमा किरिन ९९० प्रोसेसर प्रयोग गरिएको छ। ईएमयूआईका कारण यसको अन्तरराष्ट्रिय भर्सन गुगलको प्लेस्टोरभन्दा केही फरक लाग्नेछ।
१२८ जीबी स्टोरेज र ६ जीबी र्याम भएको मेटप्याडको मूल्य ३,२९९ युआन अर्थात नेपाली रुपैयाँ करिब ५४ हजार राखिएको छ र २५६ जीबी स्टोरेज र ८ जीबी र्याम भएको मेटप्याडको मूल्य ४,९९९ युआन अर्थात नेपाली रुपैयाँ ८१ हजार पाँच सय (स्टाइलस र किबोर्ड सहित) राखिएको छ। नेपाली बजारमा भने यो अहिले नै उपलब्ध भईसकेको छैन।