काठमाडौं – नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पठाएको नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन्।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका प्रधानमन्त्री द्विमैत्रीय मेदभेदलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणा पत्रमा हस्तान्तरण गरेका छन्। औपचारिक निमन्त्रणा पत्र मन्त्री ज्ञवालीले विदेशमन्त्री लाभ्रोभलाई सोमबार नै हस्तान्तरण गरेका हुन्।
उनले विदेशमन्त्री लाभ्रोभलाई पनि नेपाल भ्रमणका लागि आमन्त्रण गरेका छन्। यसरी दुई देशबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले आपसी सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहितको उच्च प्रतिनिधिमण्डलले सोमबार रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभसँग भेटवार्ता गरेका थिए । ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार रुस र सर्वियाको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए।
मन्त्री ज्ञवालीसहितको प्रतिनिधमण्डलले रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभसहितको रुसी प्रतिनिधिमण्डलसँग भेटवार्ता नेपालका लागि निकै फलदायी रहेको प्रतिक्रिया दिएका छन्।