काठमाडौं– भोलि बुधबारदेखि नेपालमा हुन गइरहेको दक्षीण एसियाकै सबैभन्दा ठूलो मानिने सागका सबै खेलको टिकट ई–सेवाबाट काट्न सकिने भएको छ। दुई दशकपछि नेपालमा दक्षीण एसियाली खेलकुद–साग हुन गइरहेको हो।
सागको टिकट उपलब्ध गराउन ई–सेवाले छुट्टै डोमेन तयार पारेको छ। ई–सेवाले जनाए अनुसार आगामी २४ मंसिरसम्म आयोजना हुने साग अन्तरगतका खेलका लागि खेलको अन्तिम दिनसम्म अनलाइन टिकट काट्न सकिने छ। साग डट ई–सेवा डट कम डट एनपीमा गएर सागको टिकट काट्न सकिनेछ।