धनुषा- दलित अगुवाहरुको नेतृत्वमा जनकपुरमा अर्धनग्न प्रदर्शन गरिएको छ । देशभर दलितमाथि भइरहेको दमन र उत्पीडन विरुद्ध अगुवाहरुले प्रदर्शन गरेका हुन् ।
आइतबार साँझ संयुक्त दलित संघर्ष समितिले जनकपुरको आयोजनामा दलितमाथि भइरहेको हत्या–हिंसा विरुद्ध नारा जुलुस गरेकाे हो । उनीहरु प्रहरी हिरासतभित्रै शौचालयको भेन्टिलेटरमा झुण्डिएको अवस्थामा फेला परेका सबैलाई नगरपालिका–१२ हँसपुर बस्ने २४ वर्षीय शम्भु सदा मुसहरको हत्यारालाई कारवाही नगरको भन्दै आक्रोशित भएका हुन् ।
आन्दोलनकारीहरुले सप्तरीको कञ्चनरुप नगरपालिका–५ रामपुर पथरीमा भोकका कारण मृत्यु भएका मलर सदालाई क्षतिपूर्ति दिनुपर्ने समेत माग गरेका छन् । त्यस्तै सिरहामा अपहरणपछि हत्या गरिएका दलित युवा १८ वर्षिय रोशन राम र सप्तरीका त्रिलोकचन्द महरा आदिको हत्याराको खोजी गर्नुपर्ने लगायत माग गरेका छन् ।