एजेन्सी– भारतको राजधानी दिल्लीको सिभिल लाइन इलाकामा दुई दाजुभाइबीच गाेली हानाहान हुँदा दुबैकाे मृत्यु भएकाे छ। आपसी झगडाका कारण एक अर्कालाई गोली प्रहार गर्दा दुबै जनाले ज्यान गुमाएका हुन्।
रिपोर्टका अनुसार रातको करिब १२ बजे २७ वर्षका तनुज नागर र उनका दाजु ३४ वर्षका राहुल नागरको झगडा भएको थियो।य ही क्रममा तनुजले दाजु राहुललाई आफ्नो पेस्तोलले गोली हानिदिए। राहुलले पनि तनुजलाई गोली हानिदिए।
दुवैलाई तत्काल अस्पताल पुर्याइएपनि डाक्टरले मृत घोषित गरिदिएको आज तकको समाचारमा उल्लेख छ। राहुल अदालतमा चपरासीको जागिर गर्थे। पुलिसले यस घटनाको अनुसन्धान गरिरहेको छ।