एजेन्सी– हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना (कोभिड १९) बाट संक्रमित भएकी छिन्। ‘क्वान्टम अफ सोलेस’ कि अभिनेत्रीले आफू चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाको शिकार बनेको भन्दै इन्स्टाग्राममा पोस्ट गरेकी थिइन। युक्रेनमा जन्मिएकी अभिनेत्री कर्लेन्को हाल घरमै आइसोलेसनमा छिन्।
‘कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेपछि म घरमै बसिरहेकी छु, म एक हप्तादेखि ज्वरो र थकानले ग्रसित थिएँ, तपाईहरु आफ्नो ख्याल गर्नुहोस् र यसलाई गम्भीरतापूर्वक लिनुहोस्।’ उनले इन्स्टाग्राममा लेखेकी छिन्।
यसअघि हलिउडका दम्पती टम ह्यांक्स र रिता विल्सन, क्यानडियन प्रधानमन्त्री पत्नी सोफी, युनिर्भसल म्युजिकका सिइओ लुसियन ग्रेनगे कोरोना संक्रमणपछि अस्पताल उपचाररत छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण सिनेमा क्षेत्रमा पनि निकै असर पुगेको छ।
