काठमाडौं– गत फागुन २ गतेबाट रिलिज भएकाे चलचित्र ‘लभ डायरिज’ अहिले पुन ः रिलिज गरिएकाे छ। चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न नसकेर अहिले पुन : रिलिज गरेकाे हाे।
हिजाे साेमबारदेखि कमलपाेखरिमा रहेकाे जय नेपाल हलबाट चलचित्रलाइ पुनः प्रदर्शनमा ल्याइएकाे छ। फागुनमा रिलिज भएकाे फिल्म बक्स अफिसमा भने कमजोर बनेकाे थियाे। कोरोनाको त्रासका कारण हलमा कुनै पनि फिल्म नभएकाेले लभ डायरिजले पुनः रिलिजको मौका पाएको हो।
चलचित्रका वितरक करण श्रेष्ठका अनुसार लभ डायरिज चलेको अर्को साता नै आमा र सेन्टीभइरस रिलिज भयो। यस चलचित्रले राम्रोसँग रिलिज समय नपाएको कारण अहिले रिलिज गरेकाे जनाए।
उनका अनुसार जय नेपालमा राम्रो भयो भने अन्य हलहरुमा पनि पहल गर्ने बताए। फिल्म पुन रिलिज गरेता पनि हाल कोरोनाको त्रासका कारण हलमा दर्शक उपस्थित भने निकै कम रहेकाे पाइन्छ जसका कारण यस चलचित्रले दर्शक पाउन मुस्किल नै छ। सौरभ चौधरीको निर्देशनमा बनेको यस चलचित्रमा सुशिल श्रेष्ठ, रुविना थापा, विश्व रिमाल लगायतको मुख्य भूमिका रहेको छ।