एजेन्सी– श्रीलंकाले कटुनाकेको बन्धरनायकेअन्तर्राष्ट्रिय विमानस्थल (बीआईए) मा सबै देशका लागि भोलिदेखि आगमनमा प्रतिबन्ध लगाएको छ। मार्च ३१ सम्मको लागि आगवानमा रोक लगाएको हो। यद्यपि कार्गो, प्रस्थान र ट्रान्जिट भने जारी राखिने भएको छ।
नोवल कोरोनाभाइरस फैलिन नदिने लक्ष्यले श्रीलंकाले यस्तो निर्णय लिएको हो। यो भन्दा अघि जफना अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्ताको लागि बन्द गरिएको छ।
६ दिनभित्र श्रीलंकामा २८ जनामा कोरोना संक्रमण भेटिएको छ। मार्च ११ मा पहिलो पटक श्रीलंकामा कारोना संक्रमण देखिएको हो।