कैलाली– कैलालीमा काेराेनाकाे आशंकामा तीन जना अस्पतालमा भर्ना भएका छन्। भारतबाट आएका उनीहरूलाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकाे हाे।
अस्पतालकाे अनुसार तीनैजनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।