काठमाडौं – फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो।
गत मंगलबार उनी नेपाल आएकी हुन्। उनलाई कोरोनाको आशंका गरिएपछि शुक्रराज ट्रपिकल अस्पताल टेकुमा राखेर उपचार गरिँदैछ। उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीसँग आएका र सम्पर्कमा पुगेकाहरुलाई निगरानीमा राखिएको बताइएकाे छ।
विदेशबाट आएका ६ सय जनाको कोरोना परीक्षणका क्रममा एकजनालाई कोरोना भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ।
