एजेन्सी– जर्मनीको हेस्का राज्यका अर्थमन्त्री थोमक स्किफरले आत्मा हत्या गरेका छन्। उनका नजीकका एक अधिकारीका अनुसार कोरोना भाइरसको संक्रमणका कारण राज्यमा आर्थिक संकट उत्पन्न भएपछि थोमक तनावमा भएका कारण उनले आत्माहत्या गरेका हुन्।
फ्रान्कफर्ट र मेन्जको बीचमा रहेको होचिम शहरको एक रेल लाइनमा उनको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो। थोमकले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ।
कोरोना भाइरसका कारण उत्पन्न संकटका कारण थोमक अत्यधिक चिन्तित थिए र सोही कारण उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।