पर्सा– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गरी जुवा–तास खेल्ने ११ जना पर्सामा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका–५ सखुबनिया टोलबाट जुवा खेलिरहेको अवस्थामा ५७ हजार २ सय ९० रुपैयाँ नगदसहित ११ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिराभवानी गाउँपालिका–५ सखुबनिया घर भएका ३२ वर्षीय सुरेश प्रसाथ थारु, ३० वर्षीय विनोद चौधरी, ३० वर्षकै विनय थारु, ३० वर्षकै गोविन्द कुमार थारु, ३० वर्षकै ओझैया थारु, ३५ वर्षीय शिव शंकर नुनिया, ३१ वर्षीय सूर्य नारायण पन्जियार, ३२ वर्षीय हरिस्वर प्रसाद दहेत, ४८ वर्षीय शिव जनक गौरे र ३५ वर्षीय वीरेन्द्र प्रसाद चौधरी छन्।
उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।