काठमाडौं - पाटन अस्पताल र वीर अस्पतालमा मृत्यु भएका तीनै जनाको नमूना परीक्षण भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती तीनजनाको अहिले परिक्षण भईरहेको र परीक्षण रिपोर्ट आएपछि पुन जानकारी दिने बताएका छन्।
उनका अनुसार पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको र वीर अस्पतालमा एक नेपाली र अर्का एक कालीमाटी बस्दै आएका भारतीय नागरिकको मृत्यु भएको हो। वीरमा निधन भएका एक जना ब्लडप्रेसर र डायभिटिजका बिरामी रहेको मन्त्रालयले जनाएको छ।
प्रदेशमा ९३ जनालाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये १७ जनाको नमूना संकलन भएको छ। आजै बुटवलमा मृत्यु भएका ३४ वर्षीय पुरुषको रिपोर्ट कोरोना नेगेटिभ आएको थियो।