काठमाडाैं– विश्वप्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले हाल विश्व भयभित बनेको छ। गत वर्षको डिसेम्बरदेखि चीनको वुहान शहरबाट शुरु भएको कोभिड १९ ले विश्वका दुई सय तीन वटा देशमा महामारीको रुप लिएको छ। यसबाट विश्व अर्थतन्त्र ओरालो लाग्नुका साथै जनजीवन पनि नराम्ररी प्रभावित बनेको छ।
कोरोना भाइरसका कारण अहिलेसम्म ४२ हजार ३ सय ५२ जनाले ज्यान गुमाईसकेका छन् भने ८ लाख ६० हजार ६ सय ९६ जना संक्रमित भएका छन्। नेपालमा पनि ५ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि कोरोनाको त्रास व्यापक रुपले फैलिरहेको छ।
विश्वका प्राय मुलुकहरुले कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न लकडाउन गरेका छन्। त्यस्तै चैत ११ गतेदेखि लागु हुने गरी नेपाल सरकारले पनि एक साताको लागि देशभर लकडाउन घोषणा गरेको थियो। तर संक्रमितको संख्या बढेसँगै सरकारले चैत २५ गते सम्म लकडाउनको अवधि थपेको छ।
यो संकटको घडीमा मानिसले जीवनको महत्व बुझ्नुका साथै धेरै कुरा सिकेका छन्। यो भन्दा अघी फैलिएको सार्स, मर्स, इबोला जस्ता भाइरसहरुबाट मानिसले केही पाठ सिकेका भए हाल यस्तो परिस्थीती नआउँन पनि सक्थ्यो।
विश्वमा भाइरल संक्रमणको बिगत त्यति पुरानो छैन। ३ वर्ष पहिले अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोला भाइरसका कारण त्यहाँ ५ हजार भन्दा बढीेले ज्यान गुमाएका थिए। त्यतिबेला अफ्रिका यो भाइरसको कारण निकै संकटमा थियो। केहि महिनापछि मात्र नियन्त्रणमा आए पनि यसले सबैलाई एउटा त्रासमा डुवाएर गयो। कोरोना भाइरसको शक्ति यसअघि फैलिएको सार्स (सभर एक्युट रेस्पिरेटोरी सेन्ड्रोम) भाइरस भन्दा कमजोर भएपनि कोरोनाबाट प्रभावित राष्ट्र र मृत्यु हुनेको संख्या सार्स भन्दा कैयौं गुणा धेरै छ। सन् २००२ देखि २००४ सम्म माहामारीको रुपमा फैलिएको सार्स भाइरसबाट २६ राष्ट्र प्रभावित भएका थिए भने करिब ७ सय ५४ सय जनाले ज्यान गुमाएको इतिहास छ।
कोरोना भाइरसको प्रकोप बढेसंगै मानिसहरु धेरै सचेत देखिन थालेका छन्।
१. ‘नमस्ते’ दि ग्लोबल कल्चरः नमस्ते गर्ने कल्चर हाल विश्वभरी प्रख्यात छ। अंकमाल गर्ने, चुम्मन गर्ने कल्चर भएका राष्ट्रहरुमा समेत अहिले नमस्ते पपुलर बनेको छ। मानिससंग सम्पर्कमा आउँदा वा हात मिलाउँदा कोरोना भाइरस सर्छ भन्ने त्रासले पनि नमस्ते प्रयोगमा आउन थालेको हो। नेपाल जस्ता राष्ट्रले पनि आफ्नो कल्चर छोडेर बिदेशी कल्चर पछ्याई रहेका थिए तर कोरोनाले यसलाई फर्काइदिएको छ।
२.सरसफाईमा ध्यानः मानिसहरु प्हिला भन्दा सरसफाईको कुरामा निकै सचेत भएका छन्। कोरोना भाइरसको संक्रमणको जोखिमबाट बाँच्नको लागि बेलाबेलामा साबुनपानीले हात धुने, स्यानीटाइजरको प्रयोग गर्ने, लुगा फेर्ने, बाहीरी बस्तुहरुलाई हात नलगाउने, दैनिक प्रयोग गर्ने सामानहरुलाई धुने, पानीले सफा गर्न नमिल्ने इलेक्ट्रीकल सामान जस्तै कमप्युटर मोबाइलहरुलाई स्यानीटाइजरले पुस्ने, काम नलाग्ने सामानबाट टाढै बस्ने, बाहीरबाट आउने बितिकै कपडा फेर्ने, बाहिर लगाएको लुगा धुने तथा साबुन पानीले हात मुख धुने बानी ब्यवहारमा कोरोनाको महत्वपूण योगदान रहेको छ ।
३.माक्सको प्रयोगः माक्स लगाएर हिड्दा धेरै कुराबाट सुरक्षित भइन्छ। तर पनि मानीसहरु यसको प्रयोग गर्न कन्जुस्याई गर्थे। हाल मानिसहरु माक्स प्रयोग गर्न बाध्य छन्।प्हिला काठमाडौं जस्तो धुवा धुलो भएको क्षेत्रमा पनि बिना माक्सको खुल्ला रुपमा हिड्ने गर्थे। अहिले सबैको मुखमा माक्स देखिन्छ। माक्स लगाउँदा सामान्य फ्लयु तथा धुवा धुलो बाट पनि बच्न सकिन्छ।
४. स्वस्थ र पोषण युक्त खानेकुराः मानिसहरु हाल स्वस्थ खानेकुरामा धेरै ध्यान दिन थालेका छन्। पहिला मानिसहरुलाई खानेकुराको स्वादमा बढी मतलब हुन्थ्यो भने अहिले उनीहरु रोगसँग लड्न पनि पोषण युक्त खानेकुरामा बढी चासो राख्न थालेका छन्। हाम्रो जीवन कती महत्वपुर्ण छ भन्ने कुरा कोरोना भाइरसले सिकाउनुका साथै बिषाधीयुक्त खानेकुरा तथा जंगफुडहरु खाएर आफ्नै स्वास्थ्यमा गरेको खेलवाड बारेमा सचेत गराएको छ।
५. पानी पीउनः विगतमा पानी पिउँनु पर्छ भन्ने थाहा हुदाँ हुदै पनि मानिसहरु त्यसप्रती गम्भिर थिएनन्। अहिले कोरोना भाइरसको त्रासका कारण बढी मात्रामा पानी पिउँने गरेका छन्। कोरोना भाइरसको संक्रमण फैलिरहेको यस समयमा धेरै भन्दा धेरै पानी पिउन चिकित्सकहरुले सल्लाह दिने गरेका छन्,प्रतिरक्षा प्रणालीलाई बलियो राख्न पानीले पक्कै मद्दत गर्दछ। कोल्ड् ड्रीङ्स् पिउँदै हिंड्नेहरुलाई पानी पिउँने बानीको बिकास गर्न कोरोनाले सहयोग गरेको छ।
६. परिवारको महत्वः ब्यावसायीक जीवनको व्यस्तताले परिवारबाट टाढिंदै गएका मानिसहरु पनि कोरोनाको यस महामारीका कारण पारिवारीक जीवनमा फर्किएका छन्।व्यक्तिगत जीवन र पारिवारिक कर्तव्य समेत विर्सन थालेका मानीसहरुलाई ‘लकडाउन’ले परिवारसँग समय विताउने अवसर जुराइदिएको छ।लकडाउनले ब्यावसायमा पुर्याएको क्षतिलाई विर्सन नसकिएला, तर जीवन रक्षाको लागि यो जती महत्वपूर्ण छ एउटा खुसी र स्वस्थ जीवनका लागि परिवार पनि त्यत्ति नै महत्वपूर्ण छ भन्ने पाठ कोरोनाले सम्झाइदिएको छ।
७. मानिस एकअर्कासँग जोडिएका हुन्छन्ः यो ग्लोबल वल्र्डको अनौठो तथ्य भनेको सबै मानिसहरु एकअर्कासँग जोडिएका हुन्छन्। धन सम्पती, जात, धर्म, शक्तिको अहंकार सबै बेकार हो। हामी यस्तो दुनियामा बाचिँरहेका छौं कि अमेरिकामा गरिएको निणर्यले नेपालको विकट ठाउँ समेत प्रभावित हुन्छ। त्यसैले मानिस शरिरमा नसा नसा जोडिएको जस्तो एकअर्कासँग जोडिएका छन्। यस्तो अन्तरसम्बन्ध विर्सदै गएका हामीलाई कोरोनाको माहामारीले एकअर्काको महत्व बुझने अवसर दिएको छ।
८.एक अर्काको पिडा बुझ्नेः प्रतिस्पर्धा र शक्तिको संघर्षमा अल्झिरहेको विश्व समूदायलाई कोरोनाको महामारीले एक अर्काको पिडा बुझ्ने अवस्थामा पुर्याइदिएको छ।यसले पुरानो दुस्मनीलाई बिर्सेर कोरोनासँग मिलेर लड्न सिकाएको छ, एक अर्कालाई सहयोग गर्न सिकाएको छ। वर्तमान विश्वका दुई प्रतिस्पर्धी शक्ति राष्ट्रहरु अमेरिका र चीनवीच सहकार्यको सम्झौता सम्भव भएको छ।कोरोना भाइरसको रोकथामका लागि अमेरिकाले चीनसँग मिलेर काम गर्ने सम्झौता गरेको छ।
९. धन नै सबै चीज होइनः धनले मात्र केही नहुने रहेछ भन्ने कुरा कोरोना प्रकोपले सम्झाइदिएको छ। संसारकै धनीमध्येका एक बिलगेटस्ले समेत कोरोनाको महामारीले इगो मारिदिएको बताएका छन्। पैशाले मात्र स्वास्थ्य र जीन्दगी खरिद गर्न सकिदैन रहेछ भन्ने कुरा कोरोनाबाट संक्रमित भएका व्यक्तिहरुबाट पुष्टी हुन्छ। बेलायती राजकुमार चाल्र्स र प्रधानमन्त्री बोरिस जोनसोन समेत कोरोनाबाट संक्रमित भएका छन् भनेस्पेनकी राजकुमारी मारिया टेरेसाले ज्यान नै गुमाउनु परेको छ।यसैबिच इटालीमा मानिसहरुले आफ्ना पैशा रोेडमा फालेको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ।
१०. विपद्को तयारीः एसियाली विकास बैंकले कोरोना भाइरसका कारण नेपालले ३६.७८ मिलियल डलर को घाटा बेर्होनु पर्ने अनुमान गरेको छ। यस्तो प्रकोप कहिले र कसरी आइलाग्छ भन्ने कुरा थाहा नहुने हँुदा यस्ता किसिमका प्रकोप र विपद्को सामना गर्र्न र संकटसँग जुध्न सरकारको पुर्व तयारीका लागि पनि कोरोनाको यस महामारीले झक्झक्याइदिएको छ।
११. नगद कारोवारप्रति सचेतना: कोरोना भाइरसको संक्रमणले मानिसहरुलाई नगर कारोवारप्रति पनि झस्काइदिएको छ।नोटहरुबाट समेत भाइरस सर्ने भएपछि अहिले मानिसहरु नगद कारोवाद गर्न झस्किएका छन्।नेपाल राष्ट्र बैंकको पछिलो रिर्पोट अनुसार नेपालमा ८३ लाख ४० हजारले मोबाइल बैंकीङ सेवा प्रयोग गर्छन् भने १ लाख २३ हजार १ सय ४६ जनाले एटिएम कार्ड चलाउँछन्। यद्यपि अन्य विकसित मुलुकहरुको तुलनामा नेपालमा नगदको कारोवार नै धेरै हुने गरेको छ।कोरोनाको महामारीका कारण अब मानिसहरु नगद कारोवारबाट इलेक्ट्रोनिक कारोवारतर्फ सिफ्ट हुने सम्भावना बढेर गएको छ। यसले संक्रामक रोगबाट मात्र हैन नगद चोरी हुने र हराउने समस्याबाट पनि बचाउनेछ।
भनिन्छ संकट बाजा बजाएर आउदैन। नेपालमा पनि पाँच जनामा कोरोना संक्रमण भेटिएको हुदाँ अझैँ बढी सर्तकता अपनाउनु पर्ने अवस्था सृजना भएको छ। नेपाल जस्तो कमजोर स्वास्थ्य प्रणली भएको मुलुकमा सबैलाई क्वारेन्टीनमा राखेर उपचार गर्न सम्भव छैन। त्यसैले कोरोना भाइरसको संक्रमणबाट जोगिने विकल्प भनेको होमक्वारेन्टीन नै हो।साथै ज्वरो आएमा, रुघाखोकी लागेमा तथा स्वासप्रश्वासमा कठिनाई भएमा तत्काल स्वास्थ्य परिक्षण गराउनु गर्छ। कोरोनाले सिकाएको पाठलाइ जिवनमा लागू गर्न सकियो भने यसले कोरोनाबाट बचाउने मात्र होइन अन्य जीवनका अन्य धेरै खुड्कीलाहरुमा सहयोग पुग्ने छ।