काठमाडौं – नेपालमा थप एकजनामा कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ । यो सँगै कोरोनाबाट नेपालमा संक्रमित हुनेको संख्या ६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विहिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विहिबार गरिएको परिक्षणमा नयाँ संक्रमण भेटिएको बताए ।
मन्त्रालयका अनुसार दोहाबाट QR 652 मार्फत् काठमाडाैं आएका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो।