काठमाडौं - प्रतिनिधिसभाको बैठक पुन स्थगित भएको छ। कोरोना संक्रमणको राेकथामका लागि सरकारले गरेकाे लकडाउन चैत २५ गतेसम्म लम्बीएपछि सुचना टाँसेर बैठक स्थगित गरिएकाे हाे । अर्काे बैठक चैत ३० गतेका लागि बाेलाइएकाे छ।
संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले शुक्रबार सूचना टाँस गरेर बैठक स्थगित गरेका हुन्। कोभिड १९ को सम्भावित संक्रमणका कारण नेपाल सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा लगाएको प्रतिबन्ध यथावत राखेका कारण बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ।