काठमाडौं– नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ। याे सँगै नेपालमा काेराेना सक्रमितकाे संख्या ९ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र अर्की एक जना कैलालीकी महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कैलालीमा अहिले संक्रमण देखिएकी महिला यसअघि कैलालीमै संक्रमण देखिएका पुरुषका आफन्त हुन् । विदेशबाट आएका बाहेक नेपालभित्रै बसाेबास गर्दै आएकाे व्यक्तिमा काेराेना देखिएकाे याे पहिलाे पटक हाे ।