सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन्। नेकपाका सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत पार्टीका दुबै अध्यक्षलाई भेटेर बैठक राख्ने विषयमा कुराकानी गरेको समेत जनाएका हुन्।
आवश्यक पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समितिको बैठक बसेकोले सचिवालय बैठक स्वास्थ्य प्रोटोकललाई ध्यान दिँदै बस्नु पर्ने उनको माग छ। उनले शिघ्र पार्टीको बैठक बस्ने विश्वास गर्दै बस्नै पर्ने उल्लखे गरेका छन्।
उनले ट्विटरमा लेखेका छन्, ‘हो,मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु।दुवै अध्यक्ष कमरेडहरुलाई अनुरोध गरेकोछु। आवश्यकता पर्दा मन्त्रीपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ।आजको सदर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ।त्यसैले शिघ्र बैठक बस्ने बिश्वास छ,बस्नै पर्छ।’
स्वास्थ्य सामाग्री आयातमा भ्रष्टाचार भएको विषयलाई लिएर पनि नेकपाकै कतिपय नेताले बैठक बस्नुपर्ने माग गरेका छन्।