सरकारले लकडाउनको अवधि थप गरेको छ । कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै सरकारले अझ कडाइका साथ पालना गराउने भन्दै लकडाउनको अवधि लम्ब्याएकाे हो ।
मन्त्रीपरिषदको आज बसेको बैठकले लकडाउन ८ दिन थप्दै कडाइका साथ पालना गराउने निर्णय लिएको हो । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले चैत ११ गते एक साताका लागि लकडाउनको घोषणा गरेको थियो । १८ गते सम्मका लागि तोकिएको लकडाउन पुनः एक साता थप गर्दै २५ गतेसम्म लम्ब्याइएको थियो ।
कैलालीमा कोरोनाको लोकल ट्रान्समिसन देखिएपछि सरकारले कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो । यससँगै सरकारले तेस्रो पटक लकडाउनको अवधि बैसाख ३ गतेसम्मका लागि थप गरेको छ ।