स्वास्थ्य सामग्री खरिद प्रकरणमा आफ्नो नाम जोडिएपछि स्वराज पोख्रेलले काठमाडौंप्रेस अनलाईनबिरुद्द उजुरी दिएका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलका छोरा स्वराजले काठमाडौंप्रेसले प्रकाशित गरेको समाचार खण्डन गर्दै प्रेस काउन्सिलमा उजुरी हालेका हुन्।
‘‘म ओम्नी ग्रुप कम्पनीको सञ्चालक तथा शेयरहोल्डर होईन’’ स्वराजले भनेका छन्, ‘‘उक्त कम्पनीलाई ठेक्का दिलाउने प्रक्रियामा हाम्रो कुनै संलग्नता छैन्।’’ काठमाडौं प्रेसले आफ्नो नाम जोडेर समाचार प्रकाशीत गर्दा आफ्नो व्यक्तिगत र सामाजिक जिवनमा नकरात्मक असर परेको भन्दै उनले पत्रकार आचारसंहिता बमोजिम कारवाही गर्न माग गरेका छन्।
‘‘समाचारमा मलाई जोडेर उल्लेख गरिएको बिवरणमा कुनै सत्यता छैन्’’ स्वराजले नेपाली पब्लिकसँग भने, ‘‘त्यसैले आवश्यक उपचारको खोजी गर्न बाध्य भएको छु।’’ उनले काठमाडौंप्रेसलाई जवाफदेही पत्रकारीता गर्न आग्रह गर्दै समाचारको बिषयमा क्षमायाचना गर्न माग गरेका छन्।
समाचारको खण्डनसहित उजुरी परेपछि प्रेस काउन्सिलले काठमाडौंप्रेस डट कमलाई स्पटिकरण सोधेको छ। प्रेस काउन्सिलले चैत २३ गते काठमाडौंप्रसलाई लेखेको पत्रमा भनिएके छ ‘‘उजुरीकर्ताको भनाईलाई उचित स्थान दिएर खण्डन प्रकाशन गरी काउन्सिललाई जानकारी गराउन वा खण्डन प्रकाशन गर्न नपर्ने कुनै कारण भए ७ दिनभित्र जवाफ पेश गर्न निर्देशनानुसार जानकारी गराईन्छ।’’
