काठमाडौं – नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ।
एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। संक्रमित उपचाररत अस्पतालका चिकित्सकले कोरोना संक्रमण भएकाहरु निको हुने क्रममा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
चिकित्सकले पर्याप्त सतर्कता अपनाउन भने सबैमा आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइसोलेसन वार्डमा उपचाररत आठै जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।