स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कोरोना भाइरस (कोभिड(१९)को नमूना जाँच परीक्षण सुरु भएको जनाएको छ।
शनिबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजदेखि वीर अस्पतालमा नमुना परीक्षण सुरु भएको र आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि नमुना परीक्षण हुने जानकारी दिए।
उनले अन्य जिल्लामा पनि परीक्षणका लागि मेसिन परीक्षण सुरु हुने जानकारी दिए। मन्त्रालयको तथ्याङक अनुसार अहिले देशभर आठ हजार ८२ जना क्वारेन्टाइनमा छन। काठमाडाैँमा १५ जना र उपत्यकाबाहिर ६७ जना गरी अहिले ८२ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।
यस्तै अहिलेसम्म चार हजार चार सय २६ जनाको नमुना परीक्षण भएसँगै पछिल्लो २४ घण्टामा आठ सय ९७ जनाको नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ।