ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका जगदम्बा समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ।
अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो। यसअघि प्रशासन कार्यालयले दिएको ७ दिनको समय मंगलबार नै सकिएको छ।
पाँच हजार रुपैयाँमा पर्ने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएपछि उनी काठमाडौंको नक्शालबाट पक्राउ परेका थिए।